वामपन्थी एकता नभएसम्म देशमा परिवर्तन आउँदैन: झलनाथ खनाल

काठमाडाैं | फागुन १४, २०७९

वामपन्थी एकता नभएसम्म देशमा परिवर्तन आउँदैन: झलनाथ खनाल

काठमाडौं:  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक रहेको बताएका छन्।

 

सत्ता मोहमा रूमलिएका विभिन्न दलहरूको स्वार्थका कारण वाम एकता नभएको उनले बताए।

 

‘अहिले वामपन्थीहरूबीच एकता गर्नु नै देशको आवश्यकता हो। वामपन्थीहरू एक ठाउँमा आउने हो भने प्रगतिशील नीति ल्याउन सकिन्छ,’ सुर्खेत विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘तर वामपन्थी दलभित्रै दक्षिणपन्थ छ, त्यसैले एकता हुन सकेको छैन।’

 

अहिलेको सत्ता गठबन्धनले मुलुकमा गुणात्मक परिवर्तन ल्याउने सम्भावना आफूले नदेखेको उनले बताए।

 

सत्ता मोहले गर्दा २ महिनामै गठबन्धन फेरिएको र सरकार फेरिने अवस्था बनेको उनको भनाइ थियो।

 

एकीकृत समाजवादीले नीति र लक्ष्य मिल्ने दलहरूसँग एकता गर्ने भए पनि तत्काल यो सम्भावना भने नरहेको उनले बताए। तर वाम एकताका लागि समाजवादी सधैं तयार रहेको उनको भनाइ थियो।

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्